मुख्य समाचार राजनीति

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । 

 

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको समाचार आजको नयाँ पत्रिकादैनिकमा छापिएको छ ।

 

समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड बनाइने भएको छ । 

 

प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो । दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ ।

प्रचण्ड निर्वाचन क्षेत्र आयोजना

विशेष