मुख्य समाचार समाज

गंगामायाले तोडिन् अनसन, माग पूरा नभए पुनः अनसन बस्ने

गंगामायाले तोडिन् अनसन, माग पूरा नभए पुनः अनसन बस्ने

काठमाडाैं । वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् । सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले ४९औं दिनमा अनसन तोडेकी हुन् ।

कानूनमन्त्री शेरबहादुर तामाङ्गले वीर अस्पताल पुगेर गंगामायाकाे अनसन तोडाए ।


पक्राउ परेका छविलाल पौडेललाई कानूनी कारबाही गर्नुपर्ने, संलग्न सबैलाई पक्राउ गरिनुपर्ने, यसअघि १ असोज ०७१ मा भएका अन्य सम्झौता पूरा हुनुपर्नेलगायतका माग राखेर उनी अनसन बसेकी थिइन् । उनले १० दिनभित्र अाफ्ना माग पूरा नभए पुनः अनसन बस्ने बताएकी छिन् ।


०६१ जेठ २४ मा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताद्वारा उनका छाेरा कृष्णप्रसादको हत्या भएको थियो । छोराका हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया पटक–पटक अनसन बस्दै आएकी छिन् । उनका श्रीमान् नन्दप्रसादको भने अनसनकै क्रममा निधन भइसकेकाे छ ।

यसअघि २५ असारमा अनसन तोडाउन पुगेका मानवअधिकारकर्मीसहित सरकारका प्रतिनिधि त्यसै फर्किएका थिए ।

गंगामाया अधिकारी अनसन

विशेष