छुवाछुत पीडित महिलाले गरिन् आत्महत्याको प्रयास
बर्दिबास । छुवाछुत र जातिय विभेदमा यातना भोगेकी दलित समुदायकी बुद्धिमाया विश्वकर्मा र उनी छोरीले न्याय पाइन् । असार २४ गते जिल्ला अदालत महोत्तरीले उनीहरुको पक्षमा फैसला गर्याे। पीडकलाई जेल सजाय सुनाइयो ।
साथै १० हजार जरिवानासहित पीडितलाई ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला अदालतले गर्याे ।तर, छुवाछुत र जातिय विभेदविरुद्धमा अदालतले दिलाएको न्याय समाजले पीडितलाई ‘निल्नु न ओक्लनु’ को वातावरण बनाइदिएको पीडित बताउँछन् ।
अदालतले पीडकलाई जेल हाल्नेसम्मको कठोर सजाय सुनाएपछि ‘ तैले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई समाजले दवाव बढायो । छुवाछुतपछिको यातनाले प्रताडित बुद्धिमायाले मानसिक तनाबले विष सेवन गरेर आत्महत्याकी प्रयास गरेकी छन् ।
‘अदालतले हामीलाई न्याय दियो,’पानी छोएको निहुँमा यातना भेगेकी बुद्धिमायाकी छोरी मनिषाले भनिन्,‘तर, अदालतको फैसला समाजले स्वीकार गर्न मानेको छैन । हाम्रो पक्षमा फैसला भयो । कुट्नेहरु जेल जाने भए । त्यसैले हामीमाथि छिमेकीहरु लगाएर पीडकले झन् झ्न दवाव दिइरहेको छ ।’
समाजमा कसैले कसैलाई छुवाछुत गर्नु हुदैंन स्कूलमा पढेको सम्झिदैं कक्षा ९ मा अध्ययनरत मनिषाले थपिन्,‘दुई घर हामी दलित विश्वकर्मा छौं । धेरै अन्य जातिको घर छ । उनीहरु भन्छ, दलितसँग नबोल हैं । मुद्दा लगाइदिन्छ ।’ यसले हामीमाथि जंगली व्यवहार थपिएको उनले भनिन् ।
बुद्धिमाया विश्वकर्मा