मुख्य समाचार समाज देश

केसीले भने, ‘उपचार गराउँदिनँ’

केसीले भने, ‘उपचार गराउँदिनँ’

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गराउन अस्वीकार गरेका छन् ।

 

औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बित्दा पनि सरकारले चासो नदेखाएकोमा उनी आक्रोशित छन् ।  केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरे ।

 

‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’ सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ ।

स्वास्थ्य झन् गम्भीर

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसी अर्धचेत अवस्थामा पुगेका छन् । बिहीबार रातिदेखि स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

 

‘शरीरमा अक्सिजन साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ डा. केसी बेला–बेलामा अर्धचेत अवस्थामा पुग्ने गरेको उनले बताए । केसी बिहीबार राति दुईपटक अर्धचेत अवस्थामा पुगेको अस्पतालले जनाएको छ । कान्तिपुरबाट

डा. गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष