कला साहित्य साहित्य आज

निशा रुम्बाका ३ कविता 

निशा रुम्बाका ३ कविता 

ढुङ्गा 

त्रिशुलीको किनारमा बसेर
कविता लेख्न धेरै बेर घोरिएँ

 

धेरै बेर,

ढुङ्गाले ढुङ्गा हेरेँ अनि 
फर्किएँ

 

माफ गर्नुहोस्
ढुङ्गाले कविता जन्माउनै सकेन ।

०००


अनुरोध 

लुगाले छोपेको 
मेरो नग्नता हेरेर 
के पाउँछौ? ए महापुरुष !

 

सक्छौ भने आऊ
मेरो छालाले छोपेको नग्नता हेर ।

०००

 


सम्मान 

नयाँ बजारमा 
नयाँनयाँ खुलेको 
नव–जीवन नाम गरेको क्लिनिकमा 
एउटा नारी लुसुक्क पसिन्–

बेड नं. ९ मा गई
नराम्रो नमानी नमानी 
नानीको गर्वपतन गराइन्
त्यो पनि सुरक्षित !

०००


 

कविता निशा रुम्बा

विशेष