‘दुई तिहाइको आडमा मनपरीतन्त्र’

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।
‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् ।
अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।