मुख्य समाचार देश राजनीति

नेता श्रेष्ठ र डा.केसी पक्षबीच दुर्इ घण्टा अनौपचारिक वार्ता

नेता श्रेष्ठ र डा.केसी पक्षबीच दुर्इ घण्टा अनौपचारिक वार्ता

नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा. गोविन्द केसीका सहयोगी डा. अभिषेश सिंह बीच दुर्इ घण्टा वार्ता भएको छ । सोह्रखुट्टेमा एक व्यक्तिको घरमा उनीहरु बीच दुर्इ घण्टा अनौपचारिक वार्ता भएको हो ।

 

डा. अभिषेक सिंहका अनुसार अनशनरत डा. केसीका मागमा सहमति खोज्न वान टु वान छलफल भएको हो । उनले भने ‘हामी सोह्रखुट्टेको घरमा गएर शनिवार राती दुर्इ घण्टा छलफल गर्यौं । नेता श्रेष्ठले केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।’ अनौपचारिक छलफलमा श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक आज संसदमा दर्ता नगर्ने अनौपचारिक छलफल भएको बताएका थिए।

 

केसीलाई पहिला काठमाडौं ल्याउनेकी वार्ता टोलि पहिला बनाउने भन्ने लामो छलफल पछि आज वार्ता टोलि गठन गर्ने निष्कर्षमा पुगेको सिंहले बताए ।


पहिलो चरणका वार्ता आजै
श्रेष्ठ र डा। सिह बीच भएको वान टु वान छलफलमा आज वार्ता टोलि बनाएर पहिलो चरणको वार्ता आजै गर्ने मोटामोटी सहमति भएको छ । संसदको कार्यसूचिमा रहेको चिकित्सा विद्येयक अगाडि नबढाउने पनि सहमति भएको थियो ।

डा. केसीसंग पनि यी दुई विषयमा कुरा भएको छ । यही विषयमा मध्यमार्गी बाटो खोज्न केसी पनि सहमत देखिएका छन् ।

नारायणकाजी श्रेष्ठ डा. गोविन्द केसी

विशेष