मुख्य समाचार समाज देश

अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि रुीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? 

 

यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । 

 

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यो संहिता भदौ १ गतेबाट लागू हुँदै छ । परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । 

 

समाचारमा लेखिएको छ, विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन । श्रीमतीले चाहेमात्र छिटो सम्बन्धविच्छेद हुनसक्छ ।

पीडित सम्बन्ध विच्छेद

विशेष