मुख्य समाचार देश

जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन, यी हुन् मन्त्रिपरिषद्का नयाँ निर्णयहरू

जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन, यी हुन् मन्त्रिपरिषद्का नयाँ निर्णयहरू

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरेको छ ।

 

मन्त्रिपरिषद्को सोमबारको बैठकले नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको हो । यसअघि उपमहानगरपालिकाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

 

यस्तै बैठकले केही स्थानीय तहको केन्द्र परिवर्तन गरिएको छ । जसअनुसार धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबेशी कायम भएको छ भने दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातमाटे सारिएको छ । त्यस्तै पर्साको विन्दाबासिनी गाउँपालिकाको केन्द्र पर्साैनीधाका कायम गरिएकोसरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताउनु भयाे ।

 

बैठकले राष्ट्रिय युवा परिषद्का सबै जिल्ला समितिहरु जिल्ला समन्वय समिति मातहतमा राख्ने निर्णय गरेको छ । भने भूकम्प अतिप्रभावित १४ जिल्लाका विद्यालयहरुको पुनर्निर्माणका लागि एसियाली विकास बैंकको ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

 

यस्तै सोही बैठकले श्रमिक र कर्मचारीको पारिश्रमिक एवंम वित्तीय सुविधा बैंक खातामार्फत प्रदान गर्नुपर्ने निर्णय गरेको छ । यो नियम सरकारी कार्यालयहरुको हकमा साउन १ बाट लागू हुनेछ ।

 

निजी क्षेत्रका उद्योग, प्रतिस्ठान तथा अन्य रोजगारदाता कम्पनीहरुले पनि ढिलोमा असोज महिनाभित्र कामदार, कर्मचारीलाई अनिवार्य रुपमा बैंक खातामार्फत पारिश्रमिक सुविधा उपलब्ध गराउनुपर्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले बताए ।

 

बैंक नपुगेको ठाउँमा भने पुस महिनाभित्र बैंक स्थापना गरी यो नियम लागू गरिने बास्कोटाको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

विशेष