सिन्डीकेट पक्षधरहरुले मनाए दसैंः सरकारले महानिर्देशकलाई कारबाही स्वरुप लखट्यो सामान्यमा
काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट हटाउन यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई तेजोबाेध गर्न सोमबार साँझ सरकारले सामान्य प्रसासन मन्त्रालयमा सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको आँखाको कसिङ्गर बनेका भट्टराईलार्इ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सामान्य प्रसासन मन्त्रालयमा सरुवा गरिएको हो ।
सिण्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बेला महानिर्देशक भट्टराईलाई मन्त्री महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानेका थिए।
मन्त्रालयले कुनै काम र कार्यकक्ष समेत नदिएपछि बेरोजगार भएका भट्टराई अहिले दैनिक कार्यालयमा काम गर्न हैन हाजिर गर्न जाने गरेका थिए । त्यसपछि मन्त्री महासेठको सर्वत्र आलोचना भएको थियो ।
आलोचनापछि सरकारले भट्टराई फेरी मानसिक दबाबका साथ यातायात व्यवस्थामै फर्काइएको थियो । यातायात व्यवस्था विभागमा भट्टाराई पुनः फर्काइएपनि काम गर्ने वातावरण भने दिइएको थिएन ।
भट्टरार्इलार्इ अहिले सरकारले फुटबल जस्तै बनाएकाे छ । उनले सिन्डिकेट अन्यका लागि खेलेकाे भूमिका सरकारले मन नपराएकाे देखिएकाे छ । भट्टरार्इलार्इ सामान्य प्रसासनमा सरुवा गरिएपछि सरकारले सिन्डिकेट अन्त्य गर्न नचाहेकाे प्रस्ट भएकाे छ । भट्टरार्इलार्इ अहिले चारैतिरकाे दबाब छ । त्यहाँ पनि काम गर्ने वातावरण सृजना नहुने देखिन्छ ।
रघुवीर महासेठ सामान्य प्रसासन मन्त्रालय रूपनारायण भट्टराईलाई