केसी पक्ष र सरकार टोलीबीच शिक्षा मन्त्रालयमा दोस्रो वार्ता

काठमाडौँ । जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीच दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरू भएको छ ।
सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा केहीबेरअघिबाट सुरू भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भइरहेको हो ।
सोमबारको वार्तामा चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गरेका थिए । केसी पक्षधरले विधेयक फिर्ता गरिए मात्र डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने अडान लिएका थिए । तर सरकारी पक्षले विधेयक फिर्ता लिने विषमा शिक्षा मन्त्रीसँग छलफल गरेर दोस्रो चरणको वार्तामा बस्ने बताएका थिए ।
डा गोविन्द केसी