मुख्य समाचार समाज देश

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् ।

 

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को बैठकले नयाँ निकाय केन्द्र गठन गर्ने निर्णय भएको थियो ।

 

निर्णय भएको झन्डै दुई महिना पुग्नै लाग्दा सरकारले खारेज हुने निकायको व्यवस्थापन गर्न सकेको थिएन । अस्ति साउन १ गतेदेखि शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र खारेज भएको हो । 

 

खारेज गर्नु अघि नै संगठन संरचनाअनुसार जिम्मेवारी तोक्नुपर्ने मन्त्रालयले हिजो बुधबारसम्म कुनै जिम्मेवारी दिएको छैन । केन्द्रको महानिर्देशक को हुने भन्ने विषयमा समेत निर्णय गर्न सकेको छैन । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कर्मचारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

विशेष