मुख्य समाचार समाज देश

नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि...

नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि...

काठमाडौं । नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् ।

 

वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् । 

 

नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी समेत नपाएर ३५ सिट खाली राखेको छ। 

 

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्धयन संस्थान (आइओएस) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् । 

 

प्रवेश परीक्षमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइै कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन्। आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

जानकी मेडिकल कलेज नेसनल मेडिकल कलेज

विशेष