मुख्य समाचार राजनीति

प्रधानमन्त्री निवास बालुवाटार बन्यो पार्टी कार्यालय

प्रधानमन्त्री निवास बालुवाटार बन्यो पार्टी कार्यालय

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । 

 

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो ।

 

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निवासमै भए । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए ।

 

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए ।

 

त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । त्यसपछि सत्तामा सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्टलगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । –नागरिक दैनिकबाट

नेकपा एमाले माओवादी केन्द्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बालुवाटार

विशेष