समाज देश

टोपे खोलामा पुनः पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

टोपे खोलामा पुनः पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहीबार बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 



पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । 



सडकअवरुद्ध भएसँगै सयौं सवारी र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन दुवैतर्फ गर्दा करिब १० किलोमिटर टाढासम्म पुगेको छ । पहिरो पन्छाउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

पहिरो  नारायणगढ-मुग्लिन सडक खण्ड

विशेष