समाज देश

आजका अखबार : डा केसीसंगको वार्ता अवरुद्ध, सीमामा परिचयपत्र

आजका अखबार : डा केसीसंगको वार्ता अवरुद्ध, सीमामा परिचयपत्र

काठमाडाैं । राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
 


कसैले डा गोविन्द केसी र सरकारबीचको वार्ता अवरुद्ध भएको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले नेपाल-भारतको सीमामा परिचयपत्र लागु गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् । 



आजको कान्तिपुर दैनिकले प्रवुद्ध व्यक्ति समुह ईपीजीले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।



सिमाका ७० भन्दा बढी चेक प्वाइन्टबाट आवातजावत गर्दा फोटोसहितको परिचयपत्र बोक्ने प्रणाली विकास गर्नुपर्नेमा भारतको जोड रहेको समाचारमा जनाइएको छ । यस्तै इपीजीले १९५० को सन्धिका ४ बुँदा परिमार्जन गर्न र सीमामा स्ट्रिप म्यापअनुसारै दसगजा निर्धारण गर्न सुझाव दिएको कान्तिपुरले लेखेको छ । 



यस्तै कान्तिपुरले प्रदेशका संरचना खिचेर केन्द्रमै राखिएको विषयलाई पनि विशेष महत्व दिएको छ । केन्द्र सरकारले ठूलो संख्यामा केन्द्रीय निकाय तथा विभागहरु संघ सरकार मातहत राख्ने निर्णय गरेको छ । प्रदेशका कतिपय मन्त्रालय मातहत भने एउटा कार्यालय समेत नपरेको समाचारमा उल्लेख छ । 



पर्वतमा गएको पहिरो र रुकुम पूर्वमा भएको दुर्घटनाको खबरलाई विशेष महत्व दिएको आजको अन्नपूर्ण पोस्ट्ले डा गोविन्द केसी र सरकारबीचको वार्ता अवरुद्ध भएको विषयलाई प्राथमिकतामा पारेको छ ।


मंगलबार भएको तीन चरणको वार्तामा विषय प्रवेश नै नगरेपछि डा केसी पक्षधर बुधबार वार्तामा नै बसेन । डा केसीले वार्ताका लागि कर्मचारी मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । यता सरकारले भने डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेको अन्नपूर्णमा खबर छ । 

डा गोविन्द केसी पहिरो

विशेष