मुख्य समाचार समाज देश

आजका अखबार : जुम्लामा प्रहरीको ज्यादती

आजका अखबार : जुम्लामा प्रहरीको ज्यादती

काठमाडाैं । राजधानीबाट प्रकाशित शुक्रबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले अनशनरत डा गोविन्द केसीलाई जुम्लाबाट जबर्जस्ती उठाएर काठमाडौं ल्याएको विषयलाई मुख्य समाचार बनाएका छन् । 



सेनाको हेलिकोप्टर मार्फत सरकारले बल प्रयोग गरेर डा केसीलाई काठमाडौं ल्याएको हो । डा केसी आफ्नो माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा थिए तर, प्रहरीले बल प्रयोग गर्दै उनलाई जबर्जस्ती काठमाडौं ल्याएको हो । प्रहरी उनलाई काठमाडौं ल्याउने क्रममा अनशनस्थल जुम्लामा दोहोर झडप मात्रै भएन गोली समेत चलेको थियो । 



यसै विषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्टले अस्पतालमा रक्तपात हेर्न सकिन शीर्षकमा खबर छापेको छ । डा दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको उसले डा केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा प्रहरीले अन्दाधुन्न लाठी चार्ज गर्दा तीन दर्जन घाइते भएको उल्लेख गरेको छ । 



अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने अस्पतालभित्र हतियारधारी अपराधी भएको जसरी डा केसीमाथि व्यबहार गरेको समाचारमा लेखेको छ ।  

 


कान्तिपुरले जबर्जस्ती उठाइए केसी शीर्षकमा मुख्य समाचार छापेको छ । उनले सुनसान अस्पताललाई सम्बन्धन दिइएको पनि खुलासा गरेको छ । सरकारले संसद्मा दर्ता गरेको विद्येयकमा चिकित्सा शिक्षाको परिभाषै बदलेर सीटीईभीटीबाट सहजै नर्सिङ सम्बन्धन दिन सक्ने व्यवस्था गरेको पनि समाचारमा उल्लेख छ ।



यस्तै नागरिक दैनिकले जुम्लामा ज्यादती शीर्षकमा मुख्य समाचार छापेको छ भने समर्थकमाथि कुटपिट भएको र गलेका डा केसीलाई जबर्जजस्ती उठाएको समाचारमा उल्लेखक छ । उसले डा केसीको माग सम्बोधन गर्नका लागि दबाब दिन भन्दै चिकित्सकहरु अस्पताल बन्द गरेर सडकमा उत्रिएको विषयलाई पनि महत्व दिएको छ । 

जुम्ला ज्यादती प्रहरीको

विशेष