देश राजनीति

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

काठमाडौं । कर्मचारीको हक हितका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरू पहुँच र प्रभावको भरमा सधैं कमाउ अड्डमा पदस्थापन हुने गरेका छन्।

 

दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पदाधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन्।

 

अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था जस्ता कार्यालयमा टे«ड युनियनका नेताहरूले सरुवा मिलाउने गरेका छन्।

 

ती कार्यालयलाई निजामती कर्मचारी आकर्षक ‘भन्सार’ भन्छन्। यस्ता कार्यालयमा सरुवा हुन दलका नेता र मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ।

कर्मचारी

विशेष