राजनीति

राजपालाई प्रधानमन्त्रीले भने तपार्इँहरुका माग असान्दर्भिक भैसके

राजपालाई प्रधानमन्त्रीले भने तपार्इँहरुका माग असान्दर्भिक भैसके

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरुसँग विहीबार साँझ बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् । बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, महेन्द्र राय यादव, राज किशोर यादब र केशव झा उपस्थित थिए ।

 

तराई विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन र उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले ‘तराई विकासको लागि मानसिकता पनि परिवर्तन गर्नुपने’ बताएका छन् ।

 

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर र विभिन्न सामाजिक विकृतिहरु धेरै भएकाले अब त्यस्ता कुराहरु फैलनबाट रोक्नुपर्ने उनले बताए । उनले भने ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजना बनाऔं र कार्यान्वयन गरौं ।’ अघिल्ला समयमा सारेको जनताआवास कार्यक्रम प्रभावकारी नदेखिएकाले त्यसको साटो एकिकृत बस्ती बसाउने सरकारको योजना रहेको उनले नेताहरुलाई जानकारी गराएका छन् ।

 

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् । पत्रमा उल्लेख गरिएका कतिपय कुराहरु असान्दर्भिक भएको भन्दै पुन विचर गर्न ओलीले आग्रह गरेका छन् ।

 

संविधान शंसोधनका कुरा गर्दा देखिएका त्रुटीहरुमा छलफल गरी त्यसैमा अल्झिएर नबस्न सुझाव दिएका छन् । बैठकमा बाढी, दुई वर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा, तराइको विकास, मधेस र थारु आन्दोलनको छानविन आदिका विषयमा छलफल भएको थियो ।

 

‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहेस्’ प्रधानमन्त्री ओलीको भनाई प्रधामन्त्रीको सचिवायले जनायो । 

 

संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने आश्वसन दिए । 

 

‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौँ तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौँ’ ओलीको भनाई छ ।

 

तराइको बाढी,दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा,तराइको विकास,मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान सशोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

केपी शर्मा ओली तराई

विशेष