विदा भइन्, अमेरिकी राजदूत एलाइना बी-टेप्लिज, भनिन्- अब नेपाल समृद्ध बन्नेछ
काठमाडौं । आफ्ना कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत एलाइना बी-टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेट गरेकी छन् ।
प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।
साथै उनले नेपालको शान्ति प्रकि्रया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् ।
भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए ।
साथै प्रचण्डले राजदूत टेप्लिजले सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । ‘तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो ।’ प्रचण्डले भने ।
अमेरिकी राजदूत प्रचण्ड एलाइना बी-टेप्लिज