मुख्य समाचार स्वास्थ्य देश राजनीति

डा.केसीको समर्थनमा सामूहिक अनसन बस्ने

डा.केसीको समर्थनमा सामूहिक अनसन बस्ने

काठमाण्डौं । आइतबारबाट डा. गोविन्द केसीको समर्थकमा सरकारलाई दबाब दिन सामूहिक अनसन बस्ने जानकारी पाएकाे छ । डा.केसीको जीवनरक्षा गर्न तथा आन्दोलनलाई नयाँ माेड दिन सामूहिक अनसन हुने बताइएको छ । 

 

शनिबार मण्डलामा भएको प्रदर्शनमा त्यससम्बन्धि जानकारी दिइएको हो । माग पूरा नभएसम्म सामूहिक अनसन जारी रहने जनाइएको छ । पहिलो दिन आइतबार १० देखि ५ बजेसम्म डा.कसीका समर्थकहरु बसन्तपुरमा सामूहिक अनसन बस्न लागिएको हो। 

 

चिकित्सकहरुका अनुसार डा.केसीले औषधी लिन नमानेपछि उनको स्वास्थ्य अवस्थामा झन झन जटिल बन्दैगएको बताए । २० दिन पछि जुम्लाबाट काठमाडौं ल्याएपछि पनि वार्ताको वातावरण खासै देखिएको छैन् । सरकारले वार्ताका लागि कुनै चासो नदेखाएको  चिकित्सकहरु  बताए । 

 

शनिबार डा.केसीको समर्थनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित रहेको थियो । 

 

त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभलगायतका व्यक्तित्व तथा सर्वसाधारण सहभागी छन् । 
प्रदर्शनमा चिकित्सक, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाको पनि उपस्थिति थियो । 

डा. गोविन्द केसी सामूहिक अनसन

विशेष