मुख्य समाचार देश राजनीति

शान्तिपूर्ण र्यालीमा प्रहरीको हस्तक्षेप

शान्तिपूर्ण र्यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौं । शनिबार मण्डलामा डा.गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन् । 

 

निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ । 

 

त्यसैगरि, कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ । अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ । 

 

दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो । 


अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो । प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए । 

 

जुलुशमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने ।

 

यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो । 

 

कार्यक्रमको समाचार संकलनका लागि खटिनुभएका प्रेस युनियनका महासचिव शिवाकोटी प्रहरीको लाठीले घाइते हुनुभएकामा युनियनले घोर भत्र्सना गरेको छ । अध्यक्ष बद्री सिग्देलले आज जारी गरेका विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ । 

डा.गोविन्द केसी नेपाल तरुण दल र्याली

विशेष