महानगरीय प्रहरी वृत्तद्वारा नयाँ अभियान
काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले आफूअन्तर्गत पर्ने काठमाडौँ महानगरपालिकाको १०, ३१ र ३२ वडालाई लागुपदार्थ दुव्र्यसनमुक्त, अपराधमुक्त तथा सडक दुर्घटनामुक्त बनाउन टोलटोलमा प्रहरी परिचालन तथा जनचेतनामूलक अभियान जारी राखेको छ ।
गत हप्ताको शनिबारदेखि ती तीनवटै वडामा शुरु गरिएको टोलटोलमा प्रहरी अभियानअन्तर्गत प्रहरी र विद्यार्थीसहितको ¥याली कोटेश्वर महादेवस्थान, कोटेश्वर चोक हुँदै पुनः कोटेश्वर महादेवस्थान पुगी अन्तक्र्रिया कार्यक्रममा परिणत भएको वृत्तले आज यहाँ जनाएको छ ।
यसअघि यालीको शुभारम्भ गर्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले अपराधमुक्त समाज स्थापना गर्न स्थानीय जनताको सहयोग अपरिहार्य रहेको बताउनुभएको थियो ।
वृत्तअन्तर्गतका ती तीन वटा वडालाई १० वटा टोलमा विभाजन गरी टोलटोलमा प्रहरी अभियान सञ्चालन भइरहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामाले जानकारी दिए ।
कार्यक्रममा प्रभाग प्रमुख लामा, मनोहरा समाजका अध्यक्ष पदमकुमार रेग्मी, ३२ नं वडा सदस्य राजेन्द्र न्यौपानलेलगायतले सडक सुरक्षाबारे जानकारी दिए ।