देश राजनीति

माग पूरा नभएसम्म थप उपचार नलिने डा. केसीको अडान

माग पूरा नभएसम्म थप उपचार नलिने  डा. केसीको अडान

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्रा. डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् ।

 

‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’, उनले भने ।

 

डा.केसीले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि डा. केसीको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

 

शुक्रबार दिउसो उनको अवस्थाबारे समाचार संकलन गर्न अनसनस्थल पुगेका पत्रकारलाई डीएसपीले निकै निगरानी गरेका थिए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

चिकित्सा शिक्षा डा गोविन्द केसी

विशेष