राजनीति

कांग्रेसको सरकारलाई चेतावनीः नसच्चिए चौतर्फि दबाब झेल्न कठिन हाेला!

कांग्रेसको सरकारलाई चेतावनीः नसच्चिए चौतर्फि दबाब झेल्न कठिन हाेला!

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारलार्इ समयमै सच्चिएर र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ । सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा भएकाे भन्दै हरेक क्षेत्रमा हचुवा शैलीमा निश्चित नियतका साथ प्रस्तुत हुनु सकरात्मक संकेत नभएकाे बताएकाे हाे ।

 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“जुम्लामा गरिएको डा. गोविन्द केसीको गिरफ्तारीलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिएको छ । सरकारका गलत कर्महरुको विरोध गर्न संसद, सडक या प्रेसमार्फतको प्रस्तुति विल्कुलै स्वभाविक हुन्छ भने न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने, यो क्रकिम श्रृङखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ ।”

 

विज्ञप्तिमा थप भनिएको छ, “सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण हो चिकित्सा शास्त्र विधेयक माथिको व्यवहार । सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद, सडक, प्रेस, सामाजिक सञ्जाल र अनशनसमेतको चौतर्फि दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छु ।”
 

विशेष