मुख्य समाचार राजनीति

राजदूत हटाउन सरकारले नयाँ उपाय निकाल्यो

राजदूत हटाउन सरकारले नयाँ उपाय निकाल्यो

काठमाडौं । अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूत हटाउन सरकारले नयाँ उपाय निकालेको छ।



देउवा सरकारले गरेको  राजनीतिक नियुक्ति  खारेज गर्ने सरकारको निर्णय अदालतले उल्ट्याइ दिएपछि सरकार नयाँ उपायको खोजीमा लागेको स्रोतले बतायो।


 
२० असारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन आचार संहिता जारी भएपछि तत्कालीन देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने  निर्णय गरेको थियो। सरकारले यसरी हटाइएकाहरु अदालत गएको र अदालतले सरकारको निर्णय उल्ट्याउन थालेपछि उनीहरुलाई हटाउनका लागि नयाँ उपाय अपनाउन लागेको बालुवाटार स्रोतले बतायो। 



अब सरकारले कार्यसम्पादन विवरण माग गर्ने भएको छ। यसको पहिलो निशानामा बिगतमा देउवा सरकारले नियुक्त गरेका राजदूतहरु पर्ने भएका छन्। सरकारले बिगत देउवा सरकारले नियुक्त गरेका १२ राजदूत हटाउने तयारी गरेको छ। 

 

राजदूत

विशेष