फोटो मुख्य समाचार समाज देश राजनीति

डा. केसीको समर्थनमा मण्डलामा प्रदर्शन कलाकारदेखि राजनीतिज्ञ (फोटो फिचर)

डा. केसीको समर्थनमा मण्डलामा प्रदर्शन कलाकारदेखि राजनीतिज्ञ (फोटो फिचर)

काठमाडौं । शनिबार माइतीघर मण्डलामा डा. गोविन्द केसीको समर्थनमा कलाकार, नागरिक समाजका अगुवा तथा राजनीतिज्ञले माइतीघरमा प्रदर्शन गरेका हुन् । माइतीघरमा भएको प्रदर्शनमा कलाकार मनिषा कोइराला, करिश्मा मानन्धरसहितका सहभागी रहेको थियो । 


यस्तै नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसहितका सहभागी रहेको थियो ।


सरकारले माथेमा आयोगको सिफारिस अनुसार तयार गरिएको अध्यादेशलाई तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसी अनशनमा छन् ।


जुम्लामा अनशन गर्दै आएका डा. केसीलाई सरकारले बिहीबार काठमाडौँ ल्याएको छ । डा. केसीले अहिले त्रिवि शिषण अस्पतालमा अनशन गरिरहेका छन् । बानेश्वरस्थित कोणसभामा बेलुन पनि उडाइएको थियो । 

कलाकार विवेकशिल साझा पार्टी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

विशेष