मुख्य समाचार समाज देश

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौं । संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन शुरु गर्ने भएको छ । 

 

त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए ।

 

संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । 

 

कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिनेछ । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।

कर्मचारी समायोजन संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालय

विशेष