मुख्य समाचार देश राजनीति

समाजवादको नाममा कम्युनिष्टहरुले नयाँ शोषक वर्ग जन्माएको पाैडेलको आरोप

समाजवादको नाममा कम्युनिष्टहरुले नयाँ शोषक वर्ग जन्माएको पाैडेलको आरोप

काठमाडौं– आईतबार संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नयाँ शोषक बर्ग जन्माउन उद्धत रहेको बताए ।


सरकार सामाजिक फासिवाद तर्फ गईरहेको भन्दै उनले सरकारलाई चेतावनी दिनका लागि एक दिने विरोध कार्यक्रम घोषण गरिएको भन्दै सरकारको रबैवामा सुधार नआए थप कार्यक्रम गरिने बताए ।


वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताएका छन् । उनले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी समेत दिए ।


उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्न भन्दा निरंकुशता र दमन तर्फ सरकार उन्मुख हुदै गएको टिप्पणी थियो  ।

 

उनले  त्यसको शसक्त खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए । काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
 

वरिष्ठ नेता रामचन्द्र पौडेल विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस

विशेष