मुख्य समाचार समाज

तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी

तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी

फार्इल तस्वीर

धादिङ । भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् । 

 

जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । 

 

तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ । 

 

'थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छ', जिल्ला प्रहरीका एक अधिकृतले भने । 

 

जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ । 

नेपाल प्रहरी

विशेष