समाज देश

रहेनन् भरत केसर

रहेनन् भरत केसर

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष पूर्वजनरल भरत केसर सिंहको ८२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

 

२० दिन अघि सामान्य ज्वरो आएर बयोदा अस्पताल पुगेका सिंहको अवस्था क्रमशः जटिल बन्दै गएको थियो । उपचारका क्रममा उनको छातिमा निमोनिया, पिसाबमा संक्रमण जस्ता समस्या देखिएका थिए । केही दिन देखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

 

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले दिएको जानकारीअनुसार आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा हृदयघात हुँदा उनको निधन भएको हो ।

 

सिंह नेपाली सेनाका पूर्वजनरल सिंह मानार्थ शाही पूर्वपाश्र्ववर्ति पनि थिए । सिंहका तीन छोराहरु छन् ।

 

सिंहप्रति अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति वनकालीमा दिउँसो १२ बजेदेखि उनको शव राखिने भएकोछ । 

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय भरत केसर सिंह

विशेष