मुख्य समाचार राजनीति

'पार्टी एक हुनका लागि के गर्नुपर्छ त्यो हामी सबै गर्छौँ ।’

'पार्टी एक हुनका लागि के गर्नुपर्छ त्यो हामी सबै गर्छौँ ।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आफ्ना संस्थापक नेता बीपीको स्मृति दिवसका दिन काँग्रेसले आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बीपीको सालिकमा माल्यार्पण सहितको विशेष कार्यक्रम गर्यो ।

 

कार्यक्रममा बोल्दै नेताहरुले बीपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । बीपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

 

महामन्त्री डाक्टर शशांक कोइरालाले विपिले लिएको बाटोलाई अनुसरण गर्दै उनकै मार्गचित्रमा हिँड्नुपर्ने आवश्यकता रहेको बताए । पार्टी एक हुनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने‘पार्टी एक हुनै पर्छ यसैमा हामी सबैको भलो हुन्छ । पार्टी एक हुनका लागि के गर्नुपर्छ त्यो हामी सबै गर्छौँ ।’

 

पुर्व सहमहामन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बीपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको बताए । उनले बीपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले नरहेको भएपनि पार्टी सिद्धान्तबाट विचलित नभएको स्पष्ट पारे । भौतिकवादी व्यक्तिवादी चरित्र बढेको कुरा सत्य भएपनि नीतिगत विषयमा कांग्रेस पछि नपरेको भन्दै उनले कम्युनिस्टका पछि लागेर कांग्रेसले प्रजातान्त्रिक समाजवाद बिर्सियो भन्दै नहिड्न कार्यकर्तालाई सचेत गराए । उनले सामुहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले पार्टीलाई आक्रान्त पारेको भने स्वीकार गरे ।

 

संघीय संसदका प्रमुख सचेत बालकृष्ण खाँडले बीपीका विचारधारालाई नयाँ पुस्तामा पुर्याउने दायित्व कांग्रेसको रहेकाले जनताको माझ लैजान संकल्प गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले संसद देखि सडकसम्म अधिनायवादी शैली देखाएको, संविधानमा निहित प्रावधान उलंघन गरी दलिय अस्तित्वलाई स्वीकार गर्न छोडेको तथा प्रधानमन्त्रीका हरेक कदम संविधान, सरकार र समग्र मुलुकका लागि प्रत्युत्पादक भएकाले त्यसको सामानाका लागि कांग्रेसले कार्यकर्तामा आधारित जुझारु जत्था तयार गर्नुपर्नेमा जोड दिए ।

 

महिला संघकी अध्यक्ष उमा रेग्मी विपि ले देखाएको बाटोमा पार्टी नेतृत्व हिँड्न नसक्दा कांग्रेसको साख गिर्दै गएको बताइन् । पार्टी भित्रको अन्तरघात र बेमेलका कारण पनि कांग्रेस तेस्रो दलमा सिमित भएको भन्दै उनले गुमेको अस्तित्व प्राप्तिका लागि वीपीको सिद्धान्त र मार्गदर्शन अनुसरण गर्दै एकढिक्का हुनुपर्नेमा जोड दिइन् ।

 

मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका आफ्ना संस्थापक नेता वीपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले काँग्रेसले हरेक वर्ष साउन ६ गतेको दिनलाई वीपी स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

स्मृति दिवस विश्वेश्वरप्रसाद कोइराला रामशरण महत

विशेष