मुख्य समाचार समाज देश

भत्ता बाँड्न कुलमानलाई दबाव

भत्ता बाँड्न कुलमानलाई दबाव

काठमाडौं । नेपाल विद्युत प्रधिकरणको वाषिर्कोत्सवका अवसरमा एक महिना बराबरको थप तलव दिन व्यवस्थापनसँग माग गरेका हुन् । गत वर्षदेखि प्रधिकरण नाफामुलक भए लगतै कर्मचारीहरुले थप सेवासुविधाको माग गर्दै दबाव दिन थालेका छन् । 

 

नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै भत्ता दिने गरेको छ । कर्मचारीको माग पुरा गर्न प्राधिकरणले करोडौं खर्चिनुपर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् । आयोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराकरको तलव बुझ्ने गरेको प्राधिकरणको संस्थागत वित्त विभागले जनाएको छ ।

 

निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/ ७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए ।

 

दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा अघि बढेको छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको हो ।

 

कर्मचरीहरुले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

 

संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरण नाफा नरहादा यस्तो कुनै दाबव व्यवस्थापनलाई नदिएको स्मरण गराउँदै कमर्चरीलाई उत्प्रेरित गर्न पनि यस्तो भत्ता आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

 

प्राधिकरणमा हाल कार्यरत आधाभन्दा बढी कर्मचारी सक्रिय रुपमा काम नगरिरहेको प्राधिकरण्का एक उच्च अधिकारी बताउँछन् । प्राधिकरणमा रहेर राजनिती गर्ने र राजनितीको आडमा संस्था मै व्यापार व्यवसाय चलाउनेको संख्या पनि सानो छैन ।

 

कतिपय कार्यालयमा भन्दा बढी व्यक्तिगत काममा व्यस्त हुने गरेका छन् भने सेयर बजार र कन्सल्टेन्ट कार्यमा व्यस्त हुनेहरु पनि धेरै छन् । कतिपयले यस्ता व्यक्तिगत कामका लागि प्राधिकरण कै साधनश्रोत समेत प्रयोग गरेको पाइएको छ ।

 

ट्रेड युनियन चलाएर व्यवस्थापनमाथि सुरुवा, बढुवा र सेवासुविधा वृद्धिमा अनावश्यक दाबव दिने समूहको पनि प्राधिकरणमा पकड छ । आफ्ना कर्मचारीको सेवासुविधा हाल निजामति कर्मचारीकोभन्दा राम्रो रहेको प्राधिकरणका अधिकारीले जानकारी दिए ।
 

कुलमान घिसिङ नेपाल विद्युत प्रधिकरण

विशेष