शेयर मुख्य समाचार देश

गत महिनामै लगानीकर्ताले गुमाए १९ अर्ब

गत महिनामै लगानीकर्ताले गुमाए १९ अर्ब

काठमाण्डौं । अघिल्लो असारभन्दा गत वर्षको असारसम्ममा बजार पूँजीकरण २१.७१ प्रतिशतले घटेको छ । त्यस्तै सूचक पनि २१.५३ प्रतिशतले घटेको छ ।

 

दोस्रो बजारमा गत असारमा अघिल्लो असारको भन्दा ५०.२६ प्रतिशतले कारोबार रकम घटेको छ । त्यस्तै जेठको तुलनामा भने २४.०२ प्रतिशतले घटेको छ । 

 

असार महिनामा अन्तिम त्रैमासको ब्याज तिर्नुपर्ने कारणले कारोबार रकम तथा सूचक पनि घटेको छ । शेयर बजारका लगानीकर्ताले बितेको एक वर्षमा तीन खर्ब ४४ अर्ब रुपैयाँ गुमाएका छन् । 

 

बजेटप्रति आकर्षित नदेखिएका लगानीकर्ता मौद्रिक नीतिलाई पत्याएका छैनन् । बैंकको ब्याजदर तथा सरकारले बजेट मार्फत करको दायर बढाउँदा लगानीकर्ता पेनिक देखिएका हुन् ।
 

शेयर बजार असारसम्ममा बजार पूँजीकरण २१.७१ प्रतिशतले घट्याे

विशेष