मुख्य समाचार समाज देश

डा केसीको समर्थनमा वसन्तपुरमा १०० भन्दा बढीको सामूहिक अनसन सुरु

डा केसीको समर्थनमा वसन्तपुरमा १०० भन्दा बढीको सामूहिक अनसन सुरु

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधनका लागि दबाव दिन बसन्तपुरमा सामूहिक अनसन सुरु भएको छ। अनसनमा अहिले १०० भन्दा बढी सहभागि छ। सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म चल्ने छ। 

 

‘सोलिडारिटी फर डा केसी’ अभियानले सो कार्यक्रमको आयोजना गरेको हो। अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारणको सहभागिता रहको छ। 

 

डा केसीको जीवन रक्षा तथा मागहरुको सम्बोधनमा दबाव दिने उद्देश्यले शनिबार मात्रै माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म विशाल प्रदर्शन भएको थियो।

 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २३ दिनदेखि अनसनमा छन्। गत असार १६ गते जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले गत बिहीबार मात्रै काठमाडौं ल्याएको थियो।

 

डा. गोविन्द केसी

विशेष