अन्तरवार्ता भिडियो स्ट्रेट फरवार्ड

‘नेपाललाई न मोदी, न सि जिनपिङ, न ट्रम्प कसैले पत्याउँदैन्’  (भिडियोसहित)

‘नेपाललाई न मोदी, न सि जिनपिङ, न ट्रम्प कसैले पत्याउँदैन्’  (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि एवं सैन्य इतिहासविद् डा. प्रेमसिंह बस्न्यातले नेपाल–अंग्रेज युद्धको इतिहासको नालीबेली कोट्याउँदै विशेष गरेर नेपालले हारेको त्यो युद्धबाट नयाँ युवापिँढी र नेपाली सेनाले धेरै कुराहरू सिक्न सक्ने धारणा व्यक्त गरेका छन् । 


डा. बस्न्यातले नेपाल–अंग्रेज युद्ध ताका नेपालको तयारी न्यून भएकै कारण नेपालले पूर्वको टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको नेपालले उक्त क्षेत्रको आफ्नो भू–भाग अनाहकमा गुमाउनु परेको बताए ।  नेपाल आजको नियमित स्तम्भ ‘स्ट्रेट फरवार्ड’ सँग कुराकानी गर्दै उनले भने, ‘उनान्सय प्रतिशत भाइभारदारले अंग्रेजसँग लडाइँ नलडौँ, हाम्रो तयारी छैन भनेका थिए । तर, १ प्रतिशतले लड्नै पर्छ, ठोक्नै पर्छ भनेका थिए । मतमतान्तरले गर्दाखेरि हाम्रो तयारी र अंग्रेजको तयारीमा आकाश जमिनको अन्तर मात्र होइन यसलाई कल्पनासम्म गर्न सक्ने अवस्था थिएन । पजनी प्रणालीबाट आएका काजीहरूको महत्वाकांक्षा हुन्थ्यो त्यो भनेको माटो थप्ने अर्थात् सीमा विस्तार गर्ने भूख थियो । यसैका कारण नेपालले युद्ध हारेको हो ।’ 




डा. बस्न्यातले नेपाल–अंग्रेज युद्धको असरको विश्लेषण गर्दै भने, ‘युवा भीमसेन थापाका अगाडि त्यतिबेला १४ वा १५ वर्षका बालक राजाको शक्ति लगाइदिएर ‘ल लडाइँ हुन्छ’ भन्ने लालमोहर जारी गरेर भीमसेन थापाले नेपाललाई जबरजस्ती युद्धमा होमेका थिए । यसको उद्देश्य के थियो भने यो वृटिस गोरालाई हामी हानेर, चुटेर ठीक पार्छौं भन्ने थियो । भीमसेन थापामा लडाइँको अनुभव थिएन । तर, उनी एक राम्रा प्रशासक थिए । लडाइँको अनुभव नभएका कारण त्यसको परिणामले नेपालको आधा भूभाग गुमाउनु परेको थियो ।’


उनले देशको सार्वभौमसत्ता बचाउन घरघरमा एकता हुनुपर्ने औंल्याउँदै भने, ‘अंग्रेजसँगको युद्ध हार्नु पनि घर घरबीच बेमेल हुनु हो । भीमसेन थापाको विदेश र आन्तरिक नीति फेल भएकै कारण युद्ध हारेको हो ।’


डा. बस्न्यातले इतिहासमा अंग्रेजसँग युद्ध हारेकोबाट पाठ सिक्दै वर्तमान अवस्थामा पनि एक विश्वासिलो देशसँग दह्रो मित्रता गाँस्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘देशको सार्वभौम सुरक्षाका लागि आन्तरिक रूपमा घर मिलाउनै पर्छ । वाह्य सम्बन्ध बलियो हुनै पर्छ । त्यसमा पनि तपाईंलाई पर्दाखेरि हामीजस्तो कमजोर राज्यले छहारी पाउने गरेर कसैसँग देशको सार्वभौमलाई तलमाथि नपारिकन हाम्रो एउटा इमान, जमान र इज्जतलाई तलमाथि नपारी कसैलाई हामीले आफ्नो बनाउनै पर्छ । नत्र भने हामी जस्तो सानो देशहरूले अहिलेको जस्तो लरे बरे न अहिले मोदीले पत्याउँछ नेपाललाई न सि जिन पिङले पत्याउँछ, न ट्रम्पले न तपाईंको ब्रिटिसको टेन डाउनिङ स्ट्रिटले पत्याउँछ हुँदाहुँदा हाम्रा प्रधानमन्त्रीलाई मोदीले आजै आजै नभनेको भए यो बोर्डर नकाटेर कसैले पनि पत्याउँदैन् । चाइनिजले पनि बोलाउँदैन् हर्नुस्, त्यो जमानामा जंगबहादुरलाई एसिया महादेशबाट बोलाइएको थियो, बेलायतको महारानी भिक्टोरियाले किन ? तपाईंको आन्तरिक व्यवस्था एक ढिक्का थियो । वाह्य छवि राम्रो थियो । त्यसकारण हामीले कसैसँग असल मित्रता राख्नै पर्छ ।’   
       
 

Pren Singh Basnyat

विशेष