मुख्य समाचार देश राजनीति

'मौलिक हकका कानून' ५७३ वटै स्थानीय तहमा पठाइयो

'मौलिक हकका कानून' ५७३ वटै स्थानीय तहमा पठाइयो

काठमाडौं । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले मौलिक हकसंग सम्बन्धित कानून तथा प्रदेश र स्थानीय सरकार सञ्चालनको नमूना कानून निर्माण गरेको जनाए ।
 
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चार महिना मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित कानून र १७ वटा नमूना प्रदेश कानून, स्थानीय तहमा न्याय समिति सञ्चालन कार्य्विधि बनाएर ५७३ वटै स्थानीय तहमा पठाएको जानकारी दिए ।

 
उनले संविधान कार्यान्वयन गराउनुपर्ने १८ भन्दा बढी विषयका कानून निर्माण गर्न स्वीकृति पनि दिइसकेको बताए । 

 

मन्त्री तामाङले आफू मन्त्री भएपछि सम्पत्ति विवरण बुझाएको र सार्वजनिक पदमा रहेका सबै व्यक्तिले आफ्नो सम्पति विवरण बुझाउनुपर्नेमा जोड दिँदै भने, 'सार्वजनिक पद धारण गरेका व्यक्तिले मुलुकको सुशासनका लागि सम्पत्ति विवरण बुझाउनुपर्छ, न्यायालयमा सुधार ल्याउनका लागि सम्बद्ध कानूनमा सुधार ल्याउनुपर्छ ।' 


साथै उनले जोडे बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राबारे सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका सम्बन्धमा उठेका टिप्पणीमा उनले भनेका, 'एउटा गरीब, परिवारबाट हुर्केर आएको मैले सदा जनतालाई शिरमा राखेर काम गरेको छु र मेरो जीवन रहेसम्म गरिरहन्छु ।'

 

उनले नारीप्रति पनि आफूले सम्मान गर्दै आएको र कुनैपनि नारीमाथि हिंसा हुुनुहुँदैन भन्ने पक्षमा रहँदा पनि आज त्यही त्यही कुराले लखेट्ने दिन पनि आउँदो रहेछ बताए ।


 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मन्त्री शेरबहादुर तामाङ 'मौलिक हकका कानून'

विशेष