मुख्य समाचार राजनीति

फरार अभियुक्तलाई पनि राज्यमन्त्री बनाउन सिफारिस !

फरार अभियुक्तलाई पनि राज्यमन्त्री बनाउन सिफारिस !

काठमाडाैं । राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । 



राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।



मधेस आन्दोलनका बेला जलेश्वरमा घाईते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।, - कान्तिपुर दैनिकबाट ।

राज्यमन्त्री राष्ट्रिय जनता पार्टी राजपा भिराम शर्मा

विशेष