मुख्य समाचार समाज देश

राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार, गिरोह पक्राउ

राजधानीमा बढ्यो अबैध हुण्डीको कारोवार, गिरोह पक्राउ

लामो समयदेखि अबैध रुपमा हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

गिरोहले विभिन्न मुलुकमा हुण्डी मार्फत रकम पठाउने गरेको विशेष सुराकीको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

 

महाशाखाले न्युरोड, पुतलीसडक, ताहाचल लगायतका स्थानमा छापामारी पाच हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५३ लाख नगद र २३ लाख रुपिया बरावरको चेक बरामद गरेको छ ।

 

प्रहरीले उनीहरुको साथबाट बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु,वाट्सएपमा गरिएको हुण्डीको कारोबारको विवरण, हुण्डी कारोबार गरिएको कागजातहरु बरामद गरिएको छ ।

 

नेपालबाट विदेश अध्ययन गर्न जाने र विदेशमा कमाइ गरेको रकम हुण्डी मार्फ पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । - नेपाल समाचारपत्रबाट । 

पक्राउ प्रहरी हुण्डी कारोबार

विशेष