राजनीति मुख्य समाचार

अभिव्यक्तिकै कारण कानुनमन्त्री तामाङको पद खाेसियाे, राजीनामा दिन नेकपाको निर्देशन

अभिव्यक्तिकै कारण कानुनमन्त्री तामाङको पद खाेसियाे, राजीनामा दिन नेकपाको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।


मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यद्यपि आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेका छन् ।


स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए । उक्त बैठकमा नेताहरुले राजीनामा दिन भनेको समाचार बाहिरिएकाे छ ।

शेरबहादुर तामाङ

विशेष