राजनीति

‘मार्सी चामलको भात खाएकै हो, त्यति मीठो पनि हुँदैन रहेछ’: प्रधानमन्त्री ओली 

‘मार्सी चामलको भात खाएकै हो, त्यति मीठो पनि हुँदैन रहेछ’: प्रधानमन्त्री ओली 

काठमाडौं । दुर्गा प्रसाईंको घरमा खाएको मार्सी धानको भातबारे अन्ततः प्रधानमन्त्री केपी ओलीले जवाफ दिएका छन् । 

 

नेकपानिकट पत्रकारहरुसँगको छलफलका क्रममा उनले विपक्षीसँग कुनै मुद्दा नभएपछि मार्सी चामलको विज्ञापन गर्दै हिँडेको प्रतिक्रिया दिएका छन् । 

 

‘प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, ‘ भात खाएकै हो, प्रसाईंसँग भेट भएकै हो ।’ 

 

बासमती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको उनले अघि भने, त्यस्तो मिठो पनि हुँदैन ।’ तर, विपक्षी कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको उनले बताए ।
 

विशेष