स्थानीय तहका समस्याहरु व्यवस्थापन गर्न राजपत्र सार्वजनिक
बाँके । मंगलबार स्थानीय तहमा देखिएका समस्याहरु व्यवस्थापन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले राजपत्र सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराजले त्यस्ता केहि देखिएका समस्याहरु व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताए ।
त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार नै अघि जाने बताए ।
सो राजपत्रमा भाग एकअन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्य्विधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्य्विधि ऐन र भाग २ मा १६ नियमावली, कार्य्विधि, निर्दे्शिका र आचारसंहिता रहेको उपप्रमुख उमा थापा मगरले बताइन् ।
प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गरे ।
त्यस अवसरमा विभिन्न क्षेत्र निकाय र तहबाट विशेष योगदान पु¥याएका करीब २५ व्यक्ति तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले राजपत्र सार्वजनिक प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज