मुख्य समाचार राजनीति

मन्त्रिपरिषदबाटै ढुकुटी दोहन, ७ कराेड पहुँचवालाकाे गाेजीमा

मन्त्रिपरिषदबाटै ढुकुटी दोहन, ७ कराेड पहुँचवालाकाे गाेजीमा

काठमाडौं । राज्यको ढुकुटी दोहन गरेर कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारी विदेश भ्रमणमा सरकारले १ बर्षको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छ ।

 

राज्यको ढुकुटीबाट कार्यकर्तालाई रकम बाँड्न, मन्त्री, संस्थान तथा आयोगका पदाधिकारी र कर्मचारीको विदेश भ्रमण तथा द्धन्द्धपीडित भनिएका कार्यकर्तालाई रकम बाँड्न सरकारले १२ महिनामा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको हो । 

 

आर्थिक बर्ष २०७४/७५ को १२ महिनामा मन्त्रिपरिषद बैठकले पटके निर्णयबाट सहायता र विदेश भ्रमणका नाममा १ अर्बभन्दा बढी रकम भुक्तानी दिएको छ । 

 

गतबर्ष साउनदेखि गएको असारसम्मको विदेश भ्रमणमा १२ करोडभन्दा बढी खर्च भएको छ । यो खर्च वार्षिक बजेटमा मन्त्रालयगत रुपमा विनियोजन गरिएको चालू खर्चबाहेकको हो । - कारोबार दैनिकबाट ।

रकम भुक्तानी

विशेष