मुख्य समाचार राजनीति

एक जना सोझा नेतालाई गलत्याएर बामदेव डोल्पाबाट चुनाव लड्ने तयारीमा

एक जना सोझा नेतालाई गलत्याएर बामदेव डोल्पाबाट चुनाव लड्ने तयारीमा

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ।  पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने कसरत थालेका हुन् । 

 

वामदेवलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर डोल्पामा उपनिर्वाचन गरिने छ।

 

स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

वामदेव गौतम

विशेष