मुख्य समाचार समाज देश

 विमानस्थलको धावनमार्गको कालोपत्रे भत्किएपछि जहाज उडान/अवतरणमा समस्या

 विमानस्थलको धावनमार्गको कालोपत्रे भत्किएपछि जहाज उडान/अवतरणमा समस्या

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिन जसो उडान/अवतरणमा समस्या आएको छ । 

 

साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान/अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

 

५० बर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला बर्षहरुमा टालटुलमा जहाज उडान/ अवतरण गराउँदै आइएको छ । 

 

पछिल्लो सातामात्रै दैनिक पाँच पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

विगत लामो समयदेखि नयाँ कालोपत्रे गर्ने भने पनि टेन्डर प्रक्रिया नै अगाडि बढ्न नसक्दा प्रत्येक बर्ष समस्या बढ्दै गएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग

विशेष