रसुवाको टिमुरेमा पहिरो, ७ बेपत्ता, १२ को उद्दार

रसुवा । रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।
राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोमा परी दुई घर पुरिएका छन्। पुरिएको घरमा ७ जना फसेका हुनसक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। घाइतेहरुको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ।
रसुवा पहिरो टिमुरे