मुख्य समाचार समाज देश

अपडेट: टिमुरे पहिराेमा बेपत्ता भएका ९ मध्ये एककाे शव भेटियो, खाेजी तथा उद्दार कार्य जारी

अपडेट: टिमुरे पहिराेमा बेपत्ता भएका ९ मध्ये एककाे शव भेटियो, खाेजी तथा उद्दार कार्य जारी

रसुवा । रसुवाको टिमुरेमा गएकाे पहिरो परि बेपत्ता भएका मध्ये एक जनाको मृत्यु शव फेला परेकाे छ भने ८ जना अझैं बेपत्ता छन्। बेपत्ता भएका ९ जना मध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको हाे ।

हराएकाहरूको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ । बेपत्ता हुनेमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ रहेका छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्।

 

उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। राति एक बजे तिर पहिरो गएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये चारको अवस्था गम्भीर छ।

 

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएका छन्। घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

 

रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ।

टिमुरे पहिराे

विशेष