भिडियो मेरो परिवार मेरो कथा

‘छोरा उमेरका ट्राफिकबाट ‘यता जा, उता जा’ जस्ता शब्द सुन्नु पर्दा राम्रो लाग्दैन’ (भिडियोसहित)

‘छोरा उमेरका ट्राफिकबाट ‘यता जा, उता जा’ जस्ता शब्द सुन्नु पर्दा राम्रो लाग्दैन’ (भिडियोसहित)

काठमाडौं । कमला श्रेष्ठले काठमाडौंमा ट्याम्पो चलाएको १८ वर्ष पुग्यो । उनका दुई छोरा छन् । धेरै मापसे गर्ने श्रीमान परे । पौरखी श्रीमतीलाई चिन्न सकेनन् । अन्तरजातीय पे्रम विवाहले खास काम गरेन । पतिले डिभोर्स मागेछन् । कमलालाई पनि पतिको शैलीले वाक्क पारेछ । डिभोर्स मागेपछि उनले पनि दिइन् ।  दुई छोरा आफैले पढाइन् । 

 

कमलाको विवाहको कुरा रोचक रहेछ । एउटै कम्पनीमा काम गर्दा रहेछन् उनका पहिलेका पति । पतिका साथीहरुले एक दिन काम छ भनेर बोलाए । उनी पनि गइन् । त्यहा पुगेपछि ‘तिमीलाई त मैले बिहे गरेर ल्याएको हो । छाडदिनँ यतै राख्ने हो ।’ भने । उनी पनि भाग्य यस्तै रहेछ भने विवाह बन्धनमा बाँधिइन् ।


अहिले त छोराहरु पनि हुर्के । दुवै छोराको त बिहे पनि भयो । उनले काठमाडौंमा ट्याम्पो चलाउँदा तीन चार जना मात्रै महिला यो क्षेत्रमा थिए । अहिले धेरै भए ।  

 

कमलासँग ट्याम्पाको मात्रै होइन, चार पांग्रेको पनि सवारी चलाक अनुमति पत्र छ । तर उनी ट्याम्पोेमै रमाइन् । साहुलाई दैनिक तीन हजार ८ सय बुझाउनु पर्ने र त्यो भन्दा बढी जति कमाए पनि आफ्नै हुने उनले जानकारी दिइन् । 

 

महिला चालक हुँदा के फरक हुन्छ त ? उनी भन्छिन्, ‘छोरा उमेरका ट्राफिकबाट भिडभाडमा ‘यता जा, उता जा’ जस्तो शब्द सुन्नु पर्दा राम्रो लाग्दैन ।’

 

नेपालआजसँगको कुराकानीमा कमलाले जीवनका पाटाहरु रोचक ढंगले व्यक्त गरेकी छन् । 

 

ट्याम्पो विस्थापित हुने सम्भावना छ । बीस बर्षे नियम सफा टयाम्पोमा लागु भएको छैन । भयो भने हट्न सक्छ । त्यसपछि टयाक्सी चलाउने कि भन्ने सोचमा कमला छिन् । हेभी गाडी नै पनि चलाउने हिम्मत उनमा नभएको होइन । तर उमेर ४८ वर्ष भएकोले यस्तो उमेरमा हेभी गाडी सिक्न नपाइने उनले ठानेकी छिन् ।

कमला श्रेष्ठ पौरखी श्रीमती

विशेष