मुख्य समाचार समाज देश

केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप

केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप

फार्इल तस्वीर

काठमाडौं  । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ। चिकित्सक र स्वास्थ्यकर्मीको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो।

 

एमबीबीएसका विद्दार्थी नारायण कँडेलले डा. केसीको माग पुरा गर्न सरकार अझै तयार नभएपछि विरोधस्वरुप र्‍यालीको आयोजन गरिएको बताए। २७  दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीचको बुधबार भएको वार्ता असफल भएको छ। डा. केसीको अनसन जारी छ। 

डा. गोविन्द केसी बालुवाटार

विशेष