मुख्य समाचार समाज देश

करमा मनोमानी भएको भन्दै आन्दोलनको घोषणा

करमा मनोमानी भएको भन्दै आन्दोलनको घोषणा

विरगंज । उपमहानगरले निर्धारण गरेको करको विरोधमा वीरगंजका उद्योगीहरुले आन्दोलन घोषणा गरेका छन् ।

 

मेयर विजय सरावगीे नेतृत्वको उपमहानगरले निर्धारण गरेको करको विरोधमा विरगंज उद्योग वाणिव्य संघले आन्दोलन घोषणा गरेको छ ।

 

संघले शनिबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाको नगरसभाले पारित गरेको आर्थिक ऐन २०७५ मा उल्लेखित कर, दस्तुर र शुल्कको विरोध गरेको छ । आइतबार विरोध र्याली निकाल्ने बताइएको छ ।

 

विरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले उपमहानगरपालिकाले मनोमानी तवरबाट कर, दस्तुर तथा सेवाशुल्क अभिबृद्धि गरेको बताए । ‘विरगञ्ज नगरका प्रायः सबै क्षेत्रमा उच्च, मध्यम र निम्न गरी फरकफरक आयश्रोत भएका सबै तहका जनताहरु बसोवास गर्छन, उनले भने ।

 

‘तर, उपमहानगरले सबै तहका जनताका लागि कर, शुल्क, दस्तुरको दर समान तोक्यो । त्यसैले हामी आन्दोलित हुनु परेको हो ।’

 

उद्योग वाणिज्य संघको आन्दोलनमा होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, पेट्रोलियम डिलर्स एशोसियसन, औषधि व्यवसायी संघ, किराना व्यवसायी संघ, कवाडी व्यवसायी संघ, औद्योगिक उत्पादक संघ लगायत २४ भन्दा बढी संघ संस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।


 

महानगरपालिका विरगंज उद्योग वाणिज्य संघ वीरगंजका उद्योगीहरुले आन्दोलन घोषणा

विशेष